१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरणमा शर्माको बयान: जाहेरीवालाको दबाबमा आरजुको नाम लिएको हुँ



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल अभियुक्तका रुपमा थुनामा रहेका सन्देश शर्मा र केशव दुलालले कांग्रेस नेत्री आरजु राणा देउवाको नाम बाध्य भएर लिनुपरेको तर त्यसमा सत्यता नरहेको बताएका छन् ।

उनीहरुको भनिएको अडियोमा डा राणा र मञ्जु खाणलाई पनि रकम दिएको बताइएको छ । तर वास्तविकतामा भने त्यस्तो नभएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् ।

सो अडियोमा अकस्मात आफ्नो नाम जोडिएको तर त्यस विषयमा आफूलाई भने केही थाहा नभएको भन्दै आरजु राणाले त्यस अडियोको आवश्यक अनुसन्धान गरीपाउँ भनी साइबर ब्युरोमा उजुरी पनि गर्नुभएको थियो ।

उहाँको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसपछि प्रहरीले आरजु र मञ्जुको नाम जोडिएर आएको अडियोको विषयमा उनीहरूमाथि आवश्यक सोधपुछ र केरकार गरेको थियो । सोही क्रममा दुवै जनाले रकम लिएको कुरा गलत भएको इन्कारी बयान दिएका हुन् ।

उनीहरुसँगको प्रहरी बयानमा सन्देश शर्माले भनेका छन्, “तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनी जानकारी गराइदिनु भयो भने हामी बाँच्छौँ भनी पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको भनी कुरा गरेको हो । उक्त कुरा वास्तविक होइन । जाहेरवालाहरूले भन्नु भने अनुसार मात्र भनेको हुँ । मैले निजहरूलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदै बिनाकाम दिने कुरै भएन ।”

प्रहरीले गरेको बयानमा सो अडियोका विषयमा दुलालले पनि रकम लिएको भनेर बोलेको बारेमा आफूलाई थाहा नभएको बयान दिएका छन् ।

कांग्रेस नेत्री देउवाले फेक अडियोको छानविनका लागि प्रहरीमा उजुरीसमेत दिनुभएको थियो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाउँदै निष्पक्ष छानविनका लागि माग गर्दै आउनुभएको छ । उहाँले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नभए पनि मिडिया र सोसियल मिडियामा आफ्नो बदनाम गर्नेगरी समाचारहरु आएकाप्रति आपत्ति जनाउँदै आउनुभएको छ ।

उता प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरुका साथै अनुसन्धानका क्रममा पनि नेत्री राणाको संलग्नता पुष्टि गर्न सकेको छैन । प्रहरीले औपचारिकरुपमा त्यस्तो कुनै प्रमाण नभेटिएको बताएको छ । त्यसैगरी प्रहरी अधिकारीका अनुसार बयानका क्रममा पनि कुनै पनि अभियुक्तले आरजु देउवाको नाम लिएका छैनन् ।

कांग्रेस नेत्री देउवाले नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा जोडिएका सबैलाई कडा कारवाही हुनुपर्ने माग संसद्मै गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा बैठकमा पटकपटक नक्कली शरणार्थी प्रकरणका कारण राजनीतिक दल, नेता तथा समग्र देशकै बदनाम भइरहेको भन्दै यसमा संलग्नलाई हदैसम्मको कारवाहीको माग गर्नुभएको छ ।




भर्खरै