२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्रीमा वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारीले लिए शपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वनमन्त्री महतोलाई र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्री कुमारीलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्रीले हिजो मंगलबार जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । यो सँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।