२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्नेछु – हरि बुढामगर



अ+ अ-

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर फर्कनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको छ ।

सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताउनुभएको हो । उहाँले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताउनु भयो। उहाँले अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्नेपनि बताउनु भयो । उहाँले सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको बताउनु भयो ।

उहाँले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव दिएको बताउनु भयो । उउहाँले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको बताउनु भयो । उहाँले दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको बताउनु भयो। उहाँले विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको बताउनु भयो।

उहाँले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताउनु भयो । उहाँले नेपालीहरु मुख्य गरी सगरमाथा,बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको बताउनु भयो । उहाँले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमेपछि जिन्दगी सकियो भनेर बसेको मान्छे भएको बताउनु भयो ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुग्नुभएको थियो । उहाँको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका गर्नुभयो । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गर्नुभयो ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्धमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमान लगन, शाहस र गौरवको प्रतिकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।