१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्नेछु – हरि बुढामगर

अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्नेछु – हरि बुढामगर
अ अ+ अ-

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर फर्कनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको छ ।

सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताउनुभएको हो । उहाँले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताउनु भयो। उहाँले अब अपाङ्गता भएकाहरुले आफूले जस्तो लामो प्रक्रिया भोग्नु नपर्ने अवस्था सिर्जना गर्नेपनि बताउनु भयो । उहाँले सगरमाथाको चुचुरोमा पुगेर धेरै फोटो खिच्ने र विश्वको अग्लो स्थानबाट सबै हिमाल हेर्ने सपना मौसमको कारण सफल हुन नसकेको बताउनु भयो ।

उहाँले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा सगरमाथा चढ्दा अनुभव दिएको बताउनु भयो । उउहाँले सगरमाथा चढ्दा अक्सिजन सकिएर माथि जान नसक्ने गरी शरीर चिसो भएको र पछि अक्सिजन परिवर्तन गरेपछि स्वस्थ भएर माथि चढेको बताउनु भयो । उहाँले दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमे पनि मानिसले नै रकेट बनाएर अन्तरिक्षमा पुगेको भन्ने सोच आएकाले सगरमाथा चढ्ने आँट गरेको बताउनु भयो। उहाँले विश्वमा कतै पनि आफ्नो जस्तो खुट्टा डिजाइन नभएको बताउनु भयो।

उहाँले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताउनु भयो । उहाँले नेपालीहरु मुख्य गरी सगरमाथा,बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको बताउनु भयो । उहाँले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमेपछि जिन्दगी सकियो भनेर बसेको मान्छे भएको बताउनु भयो ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुग्नुभएको थियो । उहाँको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका गर्नुभयो । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गर्नुभयो ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्धमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमान लगन, शाहस र गौरवको प्रतिकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।