१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार बेखबर छ – अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनु भयो । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘अहिलेको सरकारको कुरा गरेर म समय खर्च गर्न चाहन्न । विदेशीहरुसँग अस्ती भन्दा एउटा कुरा गरेको छ । पार्लियामेन्टमा राम्रो छ भनिएको छ । अव बजेट सरकारले कसरी ल्याउछ ? अनौठो स्थिति छ । बजेट कसरी ल्याउँछ ? बजेट बनाउन गाह्रो छ । किनभने सरकार चलाउने खर्च सरकारसँग छैन । बजेट भनेको वार्षिक आयव्यय । अहिले राष्ट्रिय राजनीति समग्रतामा भन्ने हो भने नेपाली समाज अप्ठयारो स्थितिबाट गुज्रिराखेको छ । राजनीतिक हिसावले अप्ठ्यारोबाट गुज्रिराखेको छ ।

सामाजिक–सांस्कृतिक हिसावले असहज, अप्ठ्यारो अवस्थाबाट गुज्रिराखेको छ । र, आर्थिक हिसावले धेरै अप्ठ्यारो र विकट स्थितिबाट गुज्रिराखेको छ । राजनीतिमा अस्थिरता, अन्यौल, अविश्वास र एउटा यस्तो तरंगको स्थिति छ । अराजकताको स्थिति छ । मान्छेले राजनीति भन्न छोडेको छ । आफ्ना विचार प्रकट गर्ने, विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने, लोकतान्त्रिक विधिबाट त्यसको समाधान खोज्ने होइन । मुडे बलले समाधान खोज्ने, असहमती व्यक्त ढुंगा हानेर, अशान्ति मच्चाएर, आतंकपूर्ण तरिकाबाट आफ्नो असहमती प्रकट गर्ने शैली अप्नाउन थालिएको छ । भाषा अत्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक भाषा, समाजले स्विकार गर्न नै नसक्ने भाषा, त्यस्तो घटीया भाषा प्रयोग गरेर, नराम्रो भाषा प्रयोग गरेर आफ्ना कुरा तवमात्रै सम्प्रेषण हुन सक्छ, जव अश्लिल बोलिन्छ । अपमान कसैको गरिन्छ ।

जब कसैका विरुद्ध मर्यादाहिन ढंगले बोलिन्छ । र, सामाजिक मुल्यमान्यता, सामाजिक हाम्रा प्रचलनहरु, हाम्रा भाषिक गहनताहरुलाई, महानताहरुलाई क्षतविक्षत पार्न खोजिन्छ । राजनीतिले यो गर्दैछ । सामाजिक मूल्य, मान्यता र संस्कृतिहरुलाई कमजोर पार्दैछ । पार्लियामेन्टलाई झाँकि देखाउने मेला जस्तो बनाउँछ । पार्लियामेन्टमा मर्यादित पोशाक लगाएर आऊ भन्यो भने आक्रोश, विरोध गरेर त्यसको अवज्ञा गर्नुमा बहादुरी देख्छ । प्रश्न मर्यादित पोशाकको हो । अनि, मर्यादित स्थलहरुमा, मर्यादित ढंगले मात्रै जान पाईन्छ दुनियाँ जहासुकै पनि । पार्लियामेन्टमा जसरी पनि जान दिने त्यस्तो चलन हुँदैन ।

मर्यादित पोशाकमा जानु पर्दछ । देशले आफ्नो नियमहरु, रुलहरु बनाएको हुन्छ । त्यसको पालना गरिन्छ । तर यहाँ जेमा पनि विरोध गर्नु, असहमती जाहेर गर्नुलाई बहादुरी ठाक्ने त्यो तरिकाहरु देखा परेको छ । जसप्रति हामी सर्तक हुनु पर्दछ । अर्थतन्त्र मैले अस्तिका दिन पार्लियामेन्टमा बोल्दा पनि भने–धेरै क्षतविक्षत भएको छ । खर्च राजस्वले धानेको छैन । बजेट घाटा मात्रै होइन, सरकार चलाउनका लागि घाटा बजेट । आय–व्ययमा साधारणतर्फको खर्च अथवा प्रहरी, प्रशासन, कर्मचारी चलाउने कुरा, सरकार चलाउने मात्रै कुरालाई हामी ऋणात्मक अवस्थामा छौं । हाम्रो आम्दानीले पुगेको छैन ।’

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दावी समेत गर्नु भयो । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उहाँले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गर्न सकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यति भयानक हमला, चारै दिशाबाट होइन । यदि कुनै दशै दिशा हुन्छ भने दशै दिशाबाट हामीमाथि तीब्र हमला, हामीलाई सिध्याउने खालको हमला दशै दिशाबाट भएको छ । तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकि नराखेर चौतर्फी हमला गरिएको छ । हँुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । हीँहीँहीँ कराएको छ, झम्टिएको छ । टोकेको छ । जिउँदै खाएर सिध्याउन खोजेको छ । त्यो बिचित्रको स्थिति हामीले व्यहोर्नु पर्यो । त्यो स्थिति ब्यहोरेर, त्यसप्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौं । पार्टीलाई पुनर्जिवित र अझ मजदुतीका साथ, अझ सशक्त ढंगले पार्टीलाई पुनर्जिवित गरेका छौं । जीवन शर्माको गीतजस्तै पिलो निचोरीदैमा वजन घटेको हुँदैन भनेजस्तो पिलो निचोरिएजस्तो मात्रै भएको छ ।

पिडा घटेको जस्तो मात्रै भएको छ । पार्टी ध्वस्त पार्ने, पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टीप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने त्यही काम मात्रै गरेर पार्टी भित्र बस्ने, अन्तरध्वंस मच्चाउने, त्यो अन्तरध्वंस भन्दा नराम्रा घटनाहरु घटे । तर हामीले पार्टीलाई ुसुद्धीकरण गर्ने ठूलो मौका पायौं । अहिले पनि सम्पूर्ण रुपमा सुद्धीकरण भयो भन्दिन म । तर मूलभूत रुपमा सुद्धीकरण भयो । त्यस सुद्धीकरणले पार्टीलाई छोटो समयमा यति मजबुतीका साथ फेरी ल्यायो । एउटै कुरा हो–हामी संसदीय सिटहरुमा अरु भन्दा अलि बढि सिट ल्याउन सक्ने थियौं । अलिक आन्तरिक रुपमा हामीले यी सब चिजहरु मिलाई सकेको भए । तर हामी एकातिर पार्टीको रक्षा गर्नुपर्ने अवस्था, अर्कातिर वर्षौदेखि नभएका महाधिवेशनहरु गर्नुपर्ने अवस्था, अर्कातिर एकता, एकीकरणका नाममा सोहोरसाहर पारेर थुपारिएका कतिपय त मतदाता नामावलीमा उतार गरेर सदस्य हुन भनेर पार्टी कार्यालयमा ल्याएर मिल्काएका बिटाहरुलाई ल्याएर पार्टी कहाँ चल्थ्यो ?’

ओलीले मुलुकको समृद्धि र विकासमा केन्द्रित भएर काम गर्न पनि पार्टी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।