७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’

‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’
अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते उक्त सम्मेलन आयोजना गर्न लागिएको दिइएको हो ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको उक्त सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । सो समिति अन्तर्गत १२ उपसमिति गठन गरिएका छन् ।

यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाट गर्ने तय भएको छ । सो सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद्का सांसद, प्रदेश सरकारका मन्त्री, सांसद, पूर्वसांसद, सुरक्षा निकाय, सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी, संस्कृतिकर्मी, कला तथा साहित्यकर्मी, निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिलगायत रहेका छन् । उक्त सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायत दृष्टिले महत्वपूर्ण रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाह बताउनुहुन्छ । खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । सो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती ९टापु० लगायतका आकर्षक संरचना छन् । यहाँ विभिन्न जडीबुटी पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको उक्त क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम देवभूमि र तपोभूमिका रुपमा सदियौँदेखि परिचित छ भन्ने सन्देश दिन यो सम्मेलन गर्न लागिएको हो ।”

सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल खप्तड पुगिन्छ । झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झण्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ । रासस