१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

प्रधानमन्त्री दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको महासचिव पोखरेलको आरोप

प्रधानमन्त्री दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको महासचिव पोखरेलको आरोप
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । मंगलबारबाट काठमाडौंमा सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले सामूदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिवीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले वन संरक्षणको नाममा स्थानीय समूदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो, ‘वन क्षेत्रलाई आम जनताको गरिवी निवारणको माध्यामको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले सोच्नु जरुरी छ । त्यसरी सोचेनौं भने हामीले स्वभाविक रुपमा गरिवीमाथि विजय हासिल गर्न सक्दैनौं भन्ने कुरालाई बुझन जरुरी छ । वन क्षेत्रमा रहेको जडिबुटी उत्पादन गर्ने र त्यसको प्रशोधन गर्ने कुराको सन्दर्भमा समूदायलाई अधिकार सम्पन्न बनाउन सकियो भने यसबाट आय आर्जनको माध्यम बन्न सक्छ भन्ने पक्षलाई पनि बुझन जरुरी छ । र, हाम्रा वन क्षेत्रभित्र स्वभाविक रुपमा उत्पादनमूलक वृक्षारोपणको कामलाई अगाडि बढाउने हो भने नियमित रुपमा वन क्षेत्रले जनताको भोकमरीसँग लडने सामथ्र्य पनि प्रदान गर्न सक्दछ भन्ने मान्यताका आधारमा हामीले अहिले जुन प्रकारले वन संरक्षणको सन्दर्भमा काठजन्य पैदावरलाई मात्रै वन संरक्षणको विषयको रुपमा बनाईरहेका छौं ।

त्यसलाई अन्य क्षेत्रमा पनि अगाडि बढाउने हो भने नेपालको गरिवीमाथि विजय हासिल गर्ने आधारमा रुपमा हामीले वन क्षेत्रलाई प्रयोग गर्न सक्दछौं । र, त्यसको महत्वपूर्ण साझेदारको रुपमा सामूदायिक उपभोक्ताहरु समूहरु बन्न सक्दछन भन्ने मान्यताका आधारमा सामूदायिक वन उपभोक्ता महासंघले त्यस अनुसार नयाँ दृष्टिकोणका साथ अगाडि बढन सक्नु पर्दछ । त्यो ढंगले अगाडि बढ्यो भने स्वभाविक रुपमा समूदायको हित पनि हुन्छ । राष्ट्रको समृद्धि र विकास पनि योगदान हुन्छ भन्ने कुरालाई बुझ्न आवश्यक छ ।

आज सम्माननीय प्रधानमन्त्रीजीले तपाईहरुको बीचमा धेरै कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । म यतिमात्र तपाईहरुको बीचमा भन्न चाहन्छु–सरकारका तर्फबाट सामूदायिक वनको क्षेत्रमा अगाडि बढाउन खोजेका रचनात्मक क्रियाकलापको सन्दर्भको बारेमा प्रमुख प्रतिपक्ष दलको तर्फबाट पूर्ण रुपमा साथ रहेनछ भन्ने कुराको बचनवद्धता र विश्वास दिलाउन चाहन्छु । तर यस्तो नभईदियोस्–प्राय हामी सुन्ने गछौं, जहाँ गयो, मिठा कुरा गर्‍यो । फर्केपछि बिर्सियो । त्यो अवस्था निश्चिय पनि हुनेछैन भन्ने म ठान्दछु । आज जे प्रतिवद्धता जाहेर गरिएको छ । त्यसमा सरकार प्रतिवद्ध रहनेछ । र, सरकारले अगाडि बढाएका सामूदायिक वनको क्षेत्रमा, वातावरण संरक्षणको क्षेत्रमा गर्ने कामहरुका सन्दर्भमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग रहनेछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । ’

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिवी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गर्नु भयो ।