२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बतासको होटल सञ्चालनमा अवरोध नगर्नू – उच्च अदालत पाटन



अ+ अ-

काठमाडौं । व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ । 

अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न भनी विपक्षीहरूलाई भनिएको छ । होटल आनन्दले माघ २७ गते रिट दर्ता गरेको थियो । 

पशुपति क्षेत्र विकास कोषले होटेल आनन्दसँग गरेको सम्झौता खारेज गर्ने निर्णय गरेपछि व्यवसायी बतासले रिट दायर गरेका थिए । 

के छ आदेशमा ?