
काठमाडौं । व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ ।
अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न भनी विपक्षीहरूलाई भनिएको छ । होटल आनन्दले माघ २७ गते रिट दर्ता गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले होटेल आनन्दसँग गरेको सम्झौता खारेज गर्ने निर्णय गरेपछि व्यवसायी बतासले रिट दायर गरेका थिए ।
के छ आदेशमा ?