१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जनमत पार्टीले जनप्रतिनिधिको काम सन्तोषजनक भए/नभएको बारे जनमत संग्रह गर्ने

जनमत पार्टीले जनप्रतिनिधिको काम सन्तोषजनक भए/नभएको बारे जनमत संग्रह गर्ने
file
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।

पार्टी अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी दिनुभएको छ । उहाँले आगामी गराउँदै आगामी साउन ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिनुभयो ।

मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् । ‘विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट तपाईं जनप्रतिनिधिको रुपमा निर्वाचित भएको करिब एक वर्ष पुगेको छ, यस अवधिमा तपाईंको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताउनुभएको छ ।

जनमत पार्टी ‘राइट टु रिकल’ को अवधारणामा आस्था राख्न पार्टी भएको उल्लेख गर्दै उहाँले जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको समग्र कार्यमूल्यांकल गरी समय–समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउनेसमेत उहाँले बताउनुभएको छ ।

विसं २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाको जनमत सदस्यहरुले जनमत संग्रहमा भाग लिन पाउने बताइएको छ ।