२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

मनसुन विपद्: नेपालमा तीन खतरा आउन सक्ने, के-के हुन् ?

मनसुन विपद्: नेपालमा तीन खतरा आउन सक्ने, के-के हुन् ?
अ अ+ अ-

काठमाडौं । मौसमविद्हरूले यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताइरहँदा विपद्सम्बन्धी निकायका प्रमुखले यसपाली तीन खतरा आउनसक्ने भन्दै सजग गराएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले तीन खतरा औँल्याउनु भएको छ । 

१) अधिक वर्षाले निम्त्याउने बाढी-पहिरो
हरेक वर्ष बाढी र पहिरोले नेपालमा सयौँको ज्यान जाने गर्छ। "बाढीले हरेक वर्ष एक सय हाराहारी मानिसहरूको ज्यान लिने गरेकोमा पछिल्ला समय त्यसलाई हामीले ५० हाराहारीमा झार्न सकेका छौँ। तर पहिरोले सरदर ४०(५० मानिसको ज्यान लिने गरेकोमा गत वर्ष चाहिँ अभूतपूर्व रूपमा चार सय मानिसको ज्यान लिएको थियो," पोखरेलले भन्नुभयो। सामान्यभन्दा बढी पानी पर्न सक्ने मौसमविद्हरूको प्रक्षेपणले बाढी पहिरोको चुनौती सिधै बढ्ने खतरा उहाँले औँल्याउनु भयो।

२) कोभिड महामारीमाथि थपिन सक्ने रोगव्याधि
कोभिड-१९ को घातक दोस्रो लहरको चपेटाबाट नेपाल अझै उम्किसकेको छैन। महामारीका बेला प्राकृतिक विपद् आउँदा चुनौती दोबर हुने बताइन्छ। "एक त बाढीपहिरोले सडक आवागमन अवरुद्ध भए खोपजस्ता अत्यावश्यक सामग्री ढुवानीमा असर पर्नसक्छ अर्कोतिर बर्खा याम यसै पनि रोगव्याधिको याम मानिन्छ।" "झाडापखाला, सर्पदंश र डेंगीजस्ता प्रकोप फैलियो भने जनस्वास्थ्यमा थप अप्ठेरो पर्न सक्छ," पोखरेलले बताउनु भयो।

३) डढेलोले नङ्ग्याएका डाँडामा पहिरो जोखिम
यो वर्ष नेपालका अधिकांश भागमा डढेलो लाग्यो। कैयन् दिनसम्म काठमाण्डूलगायत विभिन्न भागमा धूवाँको बाक्लो तुवाँलो फैलिएर वायु प्रदूषण अत्यधिक भएको थियो। "हामीले यति धेरै डढेलो लागेको देखेका थिएनौँ। त्यसको गम्भीर प्रभाव परेको छ। बर्खामा त्यसले जनधनमा अझ प्रभाव पार्न सक्छ," उहाँले भन्नुभयो। धेरै पहाडी क्षेत्रमा विशाल डढेलो लाग्दा त्यहाँका वनजङ्गल नासिएका छन्।

"फलस्वरूप कस्तो अवस्था आएको छ भने ती ठाउँमा अब पानी पर्दा रुखबिरुवाले सोस्ने स्थिति छैन। अर्थात् माटोको सोस्ने क्षमता घटेको छ जसले गर्दा पहिरो जाने जोखिम बढेको छ।" पोखरेलका अनुसार प्राधिकरणले यी सबै खतराको विश्लेषण गरेर त्यसैअनुरूप तयारी थालेको छ।