२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण



अ+ अ-

डडेल्धुरन । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूूुरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको छ ।

जेष्ठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक श्री रबिन कुमार नेपाल ज्यूले प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष श्री चक्र बहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।

साथै आज आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक श्री मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको छ ।