१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि सरकारले निगरानी गर्नुपर्छ– जितेन्द्रनारायण देव

राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि सरकारले निगरानी गर्नुपर्छ– जितेन्द्रनारायण देव
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराउनु भएको छ ।

सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उहाँको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा भ्रष्टाचार अव पनि बढदै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि स्मरण गराउनु भयो । सांसद देवले भन्नु भयो, ‘भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु । हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ । र, बुझ्नुपर्ने कुरो के हो भन्दाखेरी अहिले मुलुकको पहिलो समस्या कुन हो ? मूल समस्या के हो कसैले भन्छ भने म सरकारलाई भन्न चाहन्छु अहिलेको मुलुकको मूल इस्यू भनेको करप्शन हो ।

करप्शनको सन्दर्भमा सरकारले राम्रो काम गर्न सक्यो, मेजर पोलिटिकल फोर्सेसहरुले काम गर्न सक्यो भने अग्रगमनको बाटो सुरक्षित भएर अगाडि जान्छ । र, करप्शनको बाटोमा खुट्टा कमायो, करप्शन बढ्यो भने प्रतिगमनकारीहरु यही ईस्यूमा चढेर प्रतिगमन गर्दछन । पिपुललाई कन्जप्शन हुने कुरा, भ्रष्टाचार अन्त्य, सुशासन र सेवा प्रवाह हो । यसरी नेपाल सरकारलाई बुझिदिन म आग्रह गर्दछु । तर यो कुरालाई भनिराख्दा खेरी हाम्रो मुलुकमा भ्रष्टाचारको स्रोत एउटा नेक्सस छ । यो मुलुकमा लामो समयदेखि केही करप्ट पोलिटिशिएनहरु, केही करप्ट व्यूरोक्र्याटहरु र केही दलाल, बिचौलिया र ठेकदारहरु । यिनहरुको एउटा नेक्शस छ यो मुलुकमा । यो नेक्सस नटुटेसम्म भ्रष्टाचारको विषयमा काम अगाडि बढदैन । भ्रष्टाचार निर्मूल हुँदैन, न्यूनिकरण हुँदैन ।

त्यसलाई यो नेक्ससलाई नेपाल सरकारले प्रहार गर्न सक्नुपर्छ । र, यो नेक्सस छ भन्ने कुरा नेपालको मेजर पोलिटिकल फोर्सेसहरुले रिअलाईज गर्न सक्नु पर्दछ । ग्रहण गर्न सक्नु पर्दछ । यही सन्दर्भमा अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरण । पहिलो कुरा यो इन्भेष्टिगेशनको प्रकरणमा कोही निर्दोष फस्नु हुन्न । कोही दोषी छुटनु हुन्न । कोही दोषी, चाहे, जोसुकै होस् । दोषी छुटनु हुन्न । र, दुधको दुध, पानीको पानी हुनु पर्दछ । यो अनुसन्धानको प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनुहुँदैन ।

अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत ढंगले अगाडि बढनु पर्दछ । किनभने यो विषय एउटा अन्तराष्ट्रिय रुपमा भन्ने हो भने संगठित अपराधसँग जोडिएको विषय, मानव तस्करीसँग जोडिएको विषय र प्रकारान्तरले भन्ने हो भने अत्यन्त गहिरो ढंगले विश्लेषण गर्ने हो भने जुन प्रकृति देखिएको छ । त्यो राज्य विरुद्धको अपराध पनि हो । राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो । यो सामान्य भ्रष्टाचारको मुद्धा होइन यो । त्यसकारण यो विषयलाई दुधको दुध र पानीको पानी हुने गरी नेपाल पुलिस फोर्सलाई इन्भेष्टिगेशन गर्न दिनु पर्दछ । यो प्रकरणमा मेरो यो धारणा छ ।’

सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याउनु भयो ।