२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि सरकारले निगरानी गर्नुपर्छ– जितेन्द्रनारायण देव



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराउनु भएको छ ।

सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उहाँको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा भ्रष्टाचार अव पनि बढदै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि स्मरण गराउनु भयो । सांसद देवले भन्नु भयो, ‘भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु । हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ । र, बुझ्नुपर्ने कुरो के हो भन्दाखेरी अहिले मुलुकको पहिलो समस्या कुन हो ? मूल समस्या के हो कसैले भन्छ भने म सरकारलाई भन्न चाहन्छु अहिलेको मुलुकको मूल इस्यू भनेको करप्शन हो ।

करप्शनको सन्दर्भमा सरकारले राम्रो काम गर्न सक्यो, मेजर पोलिटिकल फोर्सेसहरुले काम गर्न सक्यो भने अग्रगमनको बाटो सुरक्षित भएर अगाडि जान्छ । र, करप्शनको बाटोमा खुट्टा कमायो, करप्शन बढ्यो भने प्रतिगमनकारीहरु यही ईस्यूमा चढेर प्रतिगमन गर्दछन । पिपुललाई कन्जप्शन हुने कुरा, भ्रष्टाचार अन्त्य, सुशासन र सेवा प्रवाह हो । यसरी नेपाल सरकारलाई बुझिदिन म आग्रह गर्दछु । तर यो कुरालाई भनिराख्दा खेरी हाम्रो मुलुकमा भ्रष्टाचारको स्रोत एउटा नेक्सस छ । यो मुलुकमा लामो समयदेखि केही करप्ट पोलिटिशिएनहरु, केही करप्ट व्यूरोक्र्याटहरु र केही दलाल, बिचौलिया र ठेकदारहरु । यिनहरुको एउटा नेक्शस छ यो मुलुकमा । यो नेक्सस नटुटेसम्म भ्रष्टाचारको विषयमा काम अगाडि बढदैन । भ्रष्टाचार निर्मूल हुँदैन, न्यूनिकरण हुँदैन ।

त्यसलाई यो नेक्ससलाई नेपाल सरकारले प्रहार गर्न सक्नुपर्छ । र, यो नेक्सस छ भन्ने कुरा नेपालको मेजर पोलिटिकल फोर्सेसहरुले रिअलाईज गर्न सक्नु पर्दछ । ग्रहण गर्न सक्नु पर्दछ । यही सन्दर्भमा अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरण । पहिलो कुरा यो इन्भेष्टिगेशनको प्रकरणमा कोही निर्दोष फस्नु हुन्न । कोही दोषी छुटनु हुन्न । कोही दोषी, चाहे, जोसुकै होस् । दोषी छुटनु हुन्न । र, दुधको दुध, पानीको पानी हुनु पर्दछ । यो अनुसन्धानको प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनुहुँदैन ।

अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत ढंगले अगाडि बढनु पर्दछ । किनभने यो विषय एउटा अन्तराष्ट्रिय रुपमा भन्ने हो भने संगठित अपराधसँग जोडिएको विषय, मानव तस्करीसँग जोडिएको विषय र प्रकारान्तरले भन्ने हो भने अत्यन्त गहिरो ढंगले विश्लेषण गर्ने हो भने जुन प्रकृति देखिएको छ । त्यो राज्य विरुद्धको अपराध पनि हो । राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो । यो सामान्य भ्रष्टाचारको मुद्धा होइन यो । त्यसकारण यो विषयलाई दुधको दुध र पानीको पानी हुने गरी नेपाल पुलिस फोर्सलाई इन्भेष्टिगेशन गर्न दिनु पर्दछ । यो प्रकरणमा मेरो यो धारणा छ ।’

सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याउनु भयो ।