११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday
Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको छ।

आज शुक्रबार छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तीन सय रुपैयाँ घटेर प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो उक्त सुन प्रतितोला एक लाख नौ हजार दुई रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य बिहीबार पनि स्थिर रहेको थियो।