• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर)

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते



दाङ । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।

बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।