७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

राष्ट्र बैंकको नीतिले कोरोना प्रभावित तीन क्षेत्रलाई राहत

राष्ट्र बैंकको नीतिले कोरोना प्रभावित तीन क्षेत्रलाई राहत
अ+ अ-
काठमाडौँ । कोरोनाको कहरबाट प्रभावित अधिकांश क्षेत्रले लय समाते पनि केही क्षेत्र यस्ता छन्, जसले अझैसम्म लय समात्न सकेका छैनन् । कोरोना महामारीको समयमा बन्दाबन्दीले व्यवसाय पूर्णरुपमा ठप्प भएपछि शिथिल बनेको होटल तथा रेष्टुराँलगायतका क्षेत्रले अहिलेसम्म पनि लय समात्न सकेका छैनन् । अझ होटल क्षेत्र त पूर्णरुपमा पुरानै अवस्थामा फर्कने हो यसै भन्न सकिने अवस्था छैन ।
यसैबीच होटल तथा रेष्टुराँ, पशुपक्षीपालन तथा निर्माणसँग सम्बन्धित क्षेत्रलाई कर्जाको पुनरतालिकीकरण तथा पुनःसंरचनाको सुविधाले राहत दिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत् अन्य क्षेत्रको हकमा रु ५ करोडसम्मको कर्जा र होटल तथा रेष्टुराँ, पशुपंक्षी र निर्माण क्षेत्रको सम्पूर्ण कर्जामा यस्तो सुविधा दिएको हो ।
राष्ट्र बैंकको उक्त नीतिगत निर्णयसँगै होटल एसोसिएसन नेपाल (हान)ले स्वागत गरेको छ । हानका अध्यक्ष विनायक शाहले २०८० असार मसान्तसम्म कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने निर्णयलाई स्वागत गर्दै छिटो कार्यान्वयनको माग गर्नुभयो ।
राष्ट्र बैंकले पनि बुधबार एक निर्देशिका जारी गर्दै व्यवसायीहरुको अनुरोधमा नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी उक्त सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।
राष्ट्र बैंकले २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र पुनरसंरचना गर्न सकिने र उपर्युक्त बमोजिम पुनरतालिकीकरण र पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले यसरी पुनरतालिकीकरण र पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा बर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
हान अध्यक्ष शाहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रका समस्या समाधान हुने गरी समेट्न आग्रह गर्नुभएको छ ।
तीन क्षेत्रमा साढे ४ खर्ब कर्जा
नेपाल राष्ट्र बैंकका अनुसार होटल क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्थामा २०७९ चैत मसान्तसम्म रु १ खर्ब ७० अर्ब ७५ करोढ ७० लाख कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्ममा यस्तो कर्जा प्रवाह रु १ खर्ब ६० अर्ब ३१ करोड १० लाख थियो ।
कोरोना महामारीका कारण घटेका विदेशी पर्यटकको आगमन सन् २०२२ सम्म पनि पूर्णरुपमा रिकभर भइसकेको अवस्था छैन । पर्यटन बोर्डका अनुसार सन् २०२३ मा विदेशी पर्यटकको आगमन सन् २०१९ को अवस्थामा र २०२४ देखि पर्यटक आगमन बढ्ने अपेक्षा गरेको छ । होटल क्षेत्र पनि अपेक्षाकृत विदेशी पर्यटक नआएसम्म होटलको व्यवसाय कोरोनापूर्ववत अवस्थामा आउन नसक्ने स्पष्ट पारिसकेको छ ।
कोरोना महामारीका कारण बन्द भएका  काठमाडौँ दरबारमार्गस्थित पाँचतारे होटल डेल अन्नपूर्ण र लाजिम्पाटस्थित सांग्रिला होटल अझै खुल्न सकेका छैनन् । होटलले सञ्चालन खर्च उठाउनका लागि मात्रै पनि न्यूनतम ४० प्रतिशत अकुपेन्सी हुनुपर्ने हानका अध्यक्ष शाहको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार निर्माण क्षेत्रमा अघिल्लो वर्षको चैत मसान्तसम्मको तुलनामा कर्जा प्रवाह बढेको छ । जसअनुसार आवासीय निर्माण क्षेत्रमा  २०७८ चैत मसान्तको तुलनामा ६ प्रतिशतले कर्जा प्रवाह बढेर ९३ अर्ब ९३ करोड १० लाख पुगेको छ भने गैर आवासीय क्षेत्रको निर्माणका लागि १३.५ प्रतिशतले कर्जा प्रवाह बढेर २९ अर्ब १६ करोड ६० लाख तथा ठूलो निर्माण क्षेत्र (राजमार्ग, पुल आदि)मा भने २०.१ प्रतिशतले कर्जा प्रवाह बढेर ९१ अर्ब १२ करोड ४० लाख पुगेको छ ।
त्यसैगरी राष्ट्र बैंकले एनिमल फार्मिङ तथा सर्भिस क्षेत्रमा हालसम्म बैंकिङ क्षेत्रबाट रु १ खर्ब ५१ अर्ब ३६ करोड ६० लाख कर्जा प्रवाह भएको उल्लेख गरेको छ ।