• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाल पक्राउ



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता टेकनाथ रिजाल काठमाडौंबाट पक्राउ परेका छन्। नेता रिजाललाई बिहीबार अपरान्ह ५ बजे उनकै निवासबाट पक्राउ गरिएको एआइजी श्याम ज्ञवालीले जानकारी दिए ।

केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १५ जना पक्राउ परिसकेका छन् ।