१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भैरहवा बन्ला त फूूलै फूलको सहर ?

भैरहवा बन्ला त फूूलै फूलको सहर ?
अ अ+ अ-

रुपन्देही ।  भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ ।  बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ ९सर्वअर्थसिद्ध० बाट यस नगरपालिकाको नामकरण गरिएको छ ।

सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझा सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ ।

पैदलमार्ग हुँदै भित्रिने सबैभन्दा बढी पर्यटक यही नाकाबाट हुँदै भैरहवा आउँछन् । भैरहवा ऐतिहासिक सहर हो । यसलाई फूलैफूलको सहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ । भैरहवा मात्रै होइन सिङ्गो सिद्धार्थनगर नगरपालिकालाई नै फूलैफूलको सहर बनाउने योजना नगरपालिकाको छ । जसका लागि गत वर्षदेखि वृक्षरोपण अभियान चलाइएको छ ।

गतवर्ष नगरका प्रमुख इस्तियाक अहमद खानले बेलहियामा वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नुभएको थियो । सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएकोले यहीँबाट अभियानको थालनी गरिएको थियो । नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियान अहिले सुस्ताएको छ । नगरले यो क्षेत्रलाई फूलको सहर बनाउने योजना अघि सारे पनि बजेट व्यवस्थापन भने गरेको छैन ।

नगर प्रमुख ईस्तियाक अहमद खाँनले प्रमुख पदमा निर्वाचित भएपछि आफूले पाएको मत बराबर वृक्षरोपण गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । “हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक रदुई महिनापछि फेरि सुरु हुन्छ”, नगर प्रमुख खाँनले भन्नुभयो, “गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।” नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षरोपण अभियान चलाएको उहाँले बताउनुभयो ।

भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उहाँको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ ।

राजमार्गको दुवै किनार र बीच भाग ९डिभाइडर० तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूलररुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउनुहुन्छ । नगरको  सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उहाँको भनाइ छ ।

“स्वच्छ, हराभर नगर बनाउने हाम्रो योजना हो, यसमा सबैले साथ दिनुभएको छ”, उपप्रमुख अधिकारी भन्नुहुन्छ । सिद्धार्थनगर नगरपालिका हुँदै सयौँ पर्यटक बुद्धजन्मस्थल पुग्ने भएकाले नगरको सौन्दर्यकरण गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “हामी बिरुवा रोप्ने मात्रै होइन हर्काउने कुरामा पनि ध्यान दिन्छौँ, रोपिएका बिरुवाको संरक्षका लागि नगरवासीको पनि साथ लिएका छौँ”, अधिकारी भन्नुहुन्छ ।

हरेक दिन साँझबिहान बिरुवामा पानी राखिन्छ । बिरुवा संरक्षणका लागि कर्मचारी खटिएका छन् भने स्थानीयले पनि बिरुवा संरक्षणमा सघाएका छन् । “नगर राम्रो हुँदा फाइदा हामीलाई नै हो, त्यसैले भित्री सडकमा समेत वृक्षरोपण गरेका छौँ, स्थानीय व्यवसायी सपना हमाल भन्नुहन्छ, “सबै घर अगाडि फूल रोप्ने र संरक्षणको काम गरेका छौँ ।” नगरपालिकाले नीति नै बनाएर अभियानको सुरुवात गरेको हो ।

नगरपालिकाको  ११औंँ नगरसभाले नगरलाई सफा, हरियाली र वातावरणमैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । योजना नगरको भए पनि यो योजना पूरा गर्न विभिन्न सङ्घ संस्थाले साथ दिएका छन्  । सामाजिक र व्यावसायिक सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरमा वृक्षरोपण गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल बताउँनहुन्छ ।

उहाँका अनुसार नगरमा एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक र लायन्स क्लब तथा विभिन्न सहकारीले बिरुवा लगाउने गरेका छन् । “जिल्ला वन कार्यालयलाई बिरुवा ठिक्क पार्न भनेका छौँ, केही दिनपछि फेरि वृक्षरोपण सुरु हुन्छ”, उहाँले भन्नुभयो, भैरहवाको बुद्धचोकदेखि बसपार्कसम्म विभिन्न प्रजातिका बिरुवा तथा फूलहरु लगाइएका छन् । पहिलेभन्दा अहिले नगर धेरै हरियाली भएको छ, अझै बाँकी ठाउँमा फूल अन्य प्रजातिका बिरुवा रोप्ने तयारीम छौँ,” उहाँले भन्नुभयो ।

नगरको लगानी नभएका कारण कति बिरुवा रोपियो भन्ने तथ्याङ्क नगरपालिकासँग छैन । सिद्धार्थनगर नगरपालिाका अनुसार विसं १९९० सम्म नगन्य रूपमा मात्र बस्ती भएको यस नगरमा बिसं २०१० मा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । विसं २०२४ मा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो ।

विसं २०३३ देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । कूल १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली नाका सिमाङ्कन गरिएको छ । रासस