• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा: प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जारी



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ ।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । तर बिहीबार १६ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने छन् ।