३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: प्लेअफमा सम्भावना कायम गर्न बैंगलोरलाई हैदरावादविरुद्ध जित्नैपर्ने दवाब



अ+ अ-

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपीएल)२०२३ को ६५ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दैछन् । हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

१२ खेलमा चारमा जित र आठमा हार बेहोरेको हैदरावाद ८ अंकको साथ अंक तालिकाको पुच्छरमा रहेको छ। बैंगलोर भने १२ मध्ये ६ खेलमा जित र ६ मा हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ। हैदरावाद पहिले नै प्लेअफको दौडबाट बाहिरिसकेको छ भने बैंगलोरले प्लेअफमा पुग्नका लागि आजको खेलसहित दुईटै खेल जित्नैपर्ने दवाब छ ।

हैदरावाद आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ३४ रनले पराजित हुन पुगेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको गुजरातले शुभमन गिलको शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा हैदरावाद ९ विकेट गुमाएर १५४ रनमा रोकिन पुग्यो । उक्त खेलमा हेनरिक क्लासेनले ४४ बलमा ६४ रन बनाए र एक्लो योद्धाको भूमिका खेले। हैदरावादका अन्य कुनै ब्याट्सम्यानले भने ३० रन पनि बनाउनसकेनन् ।

यस्तै, आफ्नो अघिल्लो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ११२ रनको ठूलो अन्तरले पराजित गर्दै प्लेअफको सम्भाबना कायम गरेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेकोबैंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । बैंगलोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतक बनाएका थिए । जबाफि ब्याटिङ गरेको राजस्थानले १०.३ ओभरमा अलआउट हुदै ५९ रन मात्र बनायो । जसमा बैंगलोरका वेन पार्नेलले तीन ओभरमा १० रन दिएर तीन विकेट लिए र प्लेयर अफ द म्याचको उपाधि जिते ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ– ११

आरए त्रिपाठी, अब्दुल समद, एके मार्कराम (कप्तान), अभिषेक शर्मा, एम जेनसेन, सनवीर सिंह, एच क्लासेन (विकेटकिपर), बी कुमार, टी नटराजन, फजलहक फारुकी, एम मार्कंडे ।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ– ११

विराट कोहली, एफ डु प्लेसिस (कप्तान), माइकल ब्रेसवेल, एमके लोमर, जीजे म्याक्सवेल, डब्ल्यूडी पार्नेल, दिनेश कार्तिक (विकेटकीपर), अनुज रावत, एचवी पटेल, मोहम्मद सिराज, केवी शर्मा ।