• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै



काठमाडौँ । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । विहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यक्रम राखिएकाे छ ।

यसका लागि हालसम्म २० जना सांसदले नाम टिपाइसक्नुभएको छ । तर त्यसमध्ये १५ जना सांसदले मात्रै प्रश्न सोध्न पाउनुहुनेछ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्तीलाई प्रत्यक्ष प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनु तीन दिनअघि सभामुखलाई गराउनुपर्ने छ । यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्रै प्रश्न सोध्न सक्नेछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ’, प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५)मा उल्लेख छ ।