७ श्रावण २०८३, बिहीबार
,
Latest
बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै



अ+ अ-

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । विहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यक्रम राखिएकाे छ ।

यसका लागि हालसम्म २० जना सांसदले नाम टिपाइसक्नुभएको छ । तर त्यसमध्ये १५ जना सांसदले मात्रै प्रश्न सोध्न पाउनुहुनेछ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्तीलाई प्रत्यक्ष प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक सुरु हुनु तीन दिनअघि सभामुखलाई गराउनुपर्ने छ । यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ ।

‘प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्रै प्रश्न सोध्न सक्नेछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ’, प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५)मा उल्लेख छ ।