२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनभित्र वक्यौता नबुझाए कालोसूचीमा राख्ने पशुपति क्षेत्र विकास कोषको चेतावनी



file
अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कोषको स्वामित्व मातहतमा रहेका भण्डारखालस्थित पसल कवल तथा पार्किङलाई तीन दिनभित्र बाँकी बक्यौता बुझाउन सूचना जारी गरेको छ । यसअघि गत फागुन २४ र वैशाख ७ गते वक्यौता बुझाउन सूचना समेत प्रकाशित गरेकाले सोअनुसार तीन दिनभित्र वक्यौता बुझाउन सूचना जारी गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषको स्वामित्व तथा मातहतमा रहेको भण्डारखालस्थित पसल कवलहरु, अमालकोट कचहरीस्थित पसल कवलहरु, लामपोखरी चाबहिलस्थित पसल कलवहरु, सुमार्गी भवन, सुमार्गी भवन अगाडि रहेको पसल कवलहरु, सोभेनियर पसल कवलहरु, भण्डारखाल पार्किङ, उमाकुण्ड पाकिङ, वनकालीस्थित बी११ मा रहेको पार्किङ र कोषबाट सम्झौता गरी दिइएको अन्य बाँकी पसल कवल सञ्चालकलाई वक्यौता बुझाउन भनेको हो ।

पसल कवल तथा पार्किङ सञ्चालकलाई वक्यौता नतिरे कालोसूचीमा राखी सम्बन्धितको चल अचल सम्पत्ति जफत गरी कानून बमोपिजम सरकारी बाँकी सरह असुल उपर गरिने समेत कोषले चेतावनी दिएको छ ।