• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ: सांसद महासेठ ★   बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ: सांसद बडू ★   सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप ★   आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल ★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म ★   ‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक ★   महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार ★   कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित

आफ्नो जीवनकालमा कहिल्यै पनि नसुत्ने जीव मौरीबारे थाहा पाउनुहोस् अनौठा कुराहरु



एजेन्सी । जीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । आज हामी मौरीबारे चर्चा गर्दैछौँ ।

१. पृथ्वीमा २० हजार भन्दा बढी प्रजातिका मौरीहरु रहेका छन् । तर, यसमध्येमा जम्मा ४ प्रजातिले मात्र मह बनाउन सक्छन् ।

२. एक घारमा २० देखि ६० हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।

३. मौरी मात्र दुनियाँमा एक किराहो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।

४. केवल महिला मौरीले मात्र मह निर्माण गर्दछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन् ।

५. मानिसलाई मौरीले ११०० पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।

६. मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ ।

७. मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ । मतलब हरेक मिनेटमा १२०० पटक ।

८. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।

९. वर्षभरी चाहे जाडो मौसम होस या गर्मीमा मौरीको चाकाको तापक्रम ३३ डिग्री सेल्सीयसको आसपास रहने गर्दछ । मौरीले जाडोमा आफ्नो शरीरले तापक्रमलाई नियन्त्रण राख्छ ।

१०. भाले मौरी यौनसम्पर्क गरेसँगै मर्ने गर्दछ । यौनसम्पर्कको आखिरमा यसको अण्डकोष फुटेर मृत्यु हुन्छ ।