५ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयासी किलो गाँजासहित दुईजना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

जलेश्वर । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि ट्र्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस