• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन: महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा काँग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने माग गर्नुभयो । उहाँले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताउनु भयो । महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उल्लेख गर्नुभयो ।

उहाँले कुनैपनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वत: निलम्वनमा पर्ने बताउनु भयो । उहाँले पार्टीको बैठकमा यसबारेमा छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने बताउनु भयो । उहाँले पार्टीका नेताहरु भ्रष्टाचारी भएपनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनुभयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानूनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रबिरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुुनपर्छ । त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोगमा लागेपछि त्यो स्वत: निलम्वनमा पर्छ । प्रमाणित भएन भने स्वत: आउँछ । यो आग्रह, पूर्वाग्रह होइन ।

केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदी यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्र्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्वन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताउनु भयो । उहाँले काँग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।