१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुँदै

चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुँदै
अ अ+ अ-

काठमाडौँ । आगामी जेठ १२ गतेबाट फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ रिलिज हुँदैछ । यो फिल्म नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । फिल्मलाई लिएर निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त छ । यसै सन्दर्भमा फिल्मको टिमले केही पत्रकारसँग कुराकानी गर्दै फिल्मबारे जानकारी दिएको छ ।

निर्देशक शम्भु थापाले फिल्म अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताएका छन् । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं’, उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।’ उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए । उनले फिल्ममा सामन्तवादको केही विषय समेटिएको खुलाए ।

अभिनेता तेज गिरीले फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको खुलाए । उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए । ‘मेरो चरित्रले कथामा नयाँ ट्वीस्ट ल्याउँछ’, उनले भने ।

अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुशी लागेको बताइन् । उनले राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मनपराउने बताइन् ।

अभिनेता प्रकाश घिमिरेले फिल्ममा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाए । उनले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको जनाए ।

फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए । फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको उनको दाबी थियो ।
कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्ममा लगानी गरेको बताए । फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।