१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग

चलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को लागि लेख रचना माग
अ अ+ अ-

काठमाडौँ।चलचित्र विकास बोर्डले बार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ । आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन अनुरोध गरिएको छ ।

लेख पठाउँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक एवं बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताउनुभयो । लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था,चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने अधिकारीले बताउनुभयो ।

प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईने र प्रत्येक लेख कम्तीमा पाँचहजार शब्दको हुनुपर्नेछ । कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा प्रकाशन नहुने तथा लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित हुनेछ । प्रकाशनको लागि छनौट भएका लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ । छनौटमा नपरेका लेखहरु सम्बन्धित लेखकलाई नै फिर्ता हुनेछन् ।