• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागारमा



file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक छोडेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुग्नुभएको छ ।

सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने फैसला गरेपछि सोही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन श्रेष्ठ बैठक छोडेर निस्किएको बताइएको छ ।

बालुवाटारमा जारी बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । प्रधानमनत्री प्रचण्डले नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन पनि पहल गरिरहनुभएको छ ।

गठबन्धनको बैठक चलिरहेको बेला नाउपा अध्यक्ष श्रेष्ठ बैठक छोडेर बाहिरिनुभएको हो । उहाँ वर्तमान सरकारमा भूमि तथा सहकारी विकासमन्त्रीसमेत हुनुहुन्छ ।