• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्यो: झलनाथ खनाल



file photo

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताउनु भयो । उहाँले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताउनु भयो । उहाँले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताउनु भयो

उहाँले भन्नुभयो, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ । राजनीतिमा हामीसँग सात संसद छन् सात वटै संसद त्रिशंकु संसद छन् । कहीँ पनि मेजोरिटी छैन। वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ । संघ र प्रदेशमा पनि हुन्छ । तर वामपन्थीह नै मिल्न चाहँदैनन् । आश्चर्यको कुरा हो । राजनीतिक अस्थिरताको दिशामा छ, देश अस्थिरताग्रस्त छ, आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दैछ । यो खतराको कुरा हो ।

अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ । आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरु आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

सम्मानित नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताउनु भयो । उहाँले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने बताउनु भयो । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नक्कली भूटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संघीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ की लगिँदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापी रुपमा चिन्ताका साथ छ, यो कुरामा दृढतापूर्वक टुंगोमा लैजानुपर्छ, यसमा देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । ती माछाहरु जोगाउने प्रयत्न हुँदैछन्, भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याइयोस्, यसमा कुनैपनि तलमाथि भयो भने हाम्रो पार्टीले सहन सक्दैन । छोटो अवधिमा नै अनुसन्धान टुंग्याउनुपर्ने भन्ने दबाब दिँदैछन् भन्ने सुन्दैछु, यो हो भने अनुसन्धानका लागि आवश्यक समय दिएर टुंगोमा लैजानुपर्छ ।’

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताउनु भयो । उहाँले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप लगाउनु भयो ।