• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, तोडे आफ्नै विश्व कीर्तिमानी



काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण कीर्तिमानी बनाएका छ । उनले २७ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका हुन् ।

कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेसँगै आफ्नो २७ औं कीर्तिमानी पुरा गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि उनले २६ औँ पटक सगरमाथा चढेर आफनो नाममा विश्व कीर्तिमानी राखेका थिए ।

उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा सगरमाथाको सफल आरोहण गरेका हुन्। सेभेन समिटमा सिनियर गाईडका रूपमा कार्यरत सोलुखुम्बुको थामे गाउँका शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।