काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ घटाइएको छ । यस्तै,तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटाइएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।
यस्तो छ नयाँ भाडा समायोजन: