![](https://newspolar.com/wp-content/uploads/2022/05/petrol.png)
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ ।
निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निर्णयअनुसार मूल्य घटाइएको हो ।