• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की

बालकृष्ण खाण आफैं जिम्मेवारीबाट अलग नभए पार्टीले निलम्बन गर्नुपर्छ: गगन थापा



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खाणलाई निलम्बन गर्नुपर्ने बताएका हुन् ।

‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ, अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ’ थापाले भनेका छन् ।

महामन्त्री थापाले आफूले पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा यो विचार राखेको समेत बताएका छन् । फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्तिको सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने उनको भनाइ छ ।

उनले लेखेका छन् ‘पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो( अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्याउने कानूनी प्रक्रियाबाट हो ।

यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनले उल्लेख छन् ।