• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

ट्राफिक नियम उल्लंघनको आरोपमा अमिताभ र अनुष्कालाई कारबाही गर्दै प्रहरी



एजेन्सी । ट्राफिक जामबाट बच्न बलिउड सुपरस्टार अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्माले सोमबार आफ्नो कार त्यागे र बाइक लिफ्ट लिए । दुवैको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तर, यो समयमा मानिसहरूले देखेका थिए कि दुवै तस्बिरमा न त अभिनेताले हेल्मेट लगाएका थिए न त बाइक सवारले । जसका कारण अब मुम्बई प्रहरीले अनुष्का र अमिताभलाई कारबाही गर्न लागेको छ ।

सोमबार तस्बिर सेयर गर्दै अमिताभले क्याप्शनमा लेखेका छन्– ‘म उनलाई चिन्दिनँ । तर पनि उनले मलाई सहयोग गरे । पहेँलो टि–सर्ट, सर्ट र टोपी लगाएको यो व्यक्तिलाई धन्यवाद, उसले मलाई खुसीसाथ आफ्नो बाइकमा बसायो र म समयमै ठाउँमा पुगेँ ।’

अमिताभले बाइक राइडरसँग सेयर गरेको फोटोमा दुबैले हेलमेट लगाएका छैनन् भने अनुष्का पनि भिडियोमा हेलमेट नलगाई देखिएकी छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए । त्यसपछि मुम्बई पुलिसले प्रयोगकर्ताको ट्विटको जवाफ दियो – ‘हामीले ट्राफिक प्रहरी शाखासँग यसबारे सम्पर्क गरेका छौं ।’

बडिगार्डसँग बाइकमा हेलमेट बिना लिफ्ट लिएको कारण अनुष्कालाई पनि ट्रोल गरिएको छ । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– ‘मेडमले हेल्मेट लगाएकी छैनन् र न त उनको बडीगार्ड नै छन् ।’ अर्का प्रयोगकर्ताले लेखे – ‘मुम्बईमा हेल्मेटको आवश्यकता छैन ?’