१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँः आयोग

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँः आयोग
अ अ+ अ-

काठमाडौं । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ ।

आयोगद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव गोकर्णमणि दवाडीले निर्वाचनलाई सफल तुल्याउन सघन तयारीमा जुट्नका साथै कार्यतालिकासमेत स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

निर्वाचनको अन्तिम मतदाता नामावली तयारी गर्ने, सामग्रीको व्यवस्थापन गर्ने, राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेलगायतका क्रियाकलाप निर्वाचन कार्यतालिकामा समेटिएको छ ।

निर्धारित मतदानस्थलमा मतदान केन्द्र तोक्ने, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने कार्यतालिका छ ।
        
मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्नेलगायतका क्रियाकलाप समावेश गरी कार्यतालिका स्वीकृत गरिएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगको परामर्शमा उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारले मिति घोषणा गरिसकेको छ । 

निर्वाचन व्यवस्थापकीय कार्य गर्न आयोगलाई १२० दिन आवश्यक भए पनि मिति घोषणा गर्दा ९५ दिनको अवधि प्राप्त थियो । आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिवेक्षण र निर्देशनमा रही बालिग मताधिकारका आधारमा हुने निर्वाचनका लागि १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चिता गरिएको छ । मतदाता नामावली सङ्कलन नियमितरूपमा हुँदै आएकामा निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य गत पुस २५ गते नै स्थगित भएको छ ।

संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेको छ । आयोगका अनुसार निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन वैशाख २९ गते अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति निर्धारण गरेको छ । सो व्यवस्थाले करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।
    
आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा ‘एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान’ गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको तथा निर्वाचनका लागि करिब रु १२ अर्ब बजेट आवश्यक हुने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

नेपाल सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको र सोअगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्ने गरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको छ ।
     
निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा (व्यवस्थापन) निर्देशिका, मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिकालगायतका निर्देशिकाको मस्यौदा तयारी भइरहेकोे जानकारी दिइयो ।

निर्वाचनको तीव्र तयारीका क्रममा निर्वाचन आयोग र अन्तर्गत कार्यालयको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको छ ।
      
निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञसँग भएको छलफल तथा परामर्शअनुसार कार्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न एक कार्यदलसमेत गठन गरिएको जानकारी दिइयो । आयोगले नयाँ थपिएका मतदाताका लागि मतदाता परिचयपत्र प्रदान गर्नेछ भने निर्वाचन आचारसंहिता आयोगले कहाँ कसरी लगाउने भनी निर्णय गरेको मितिदेखि सबै तहमा लाग्नेछ ।
        
आयोगले निर्वाचन र आफ्ना नियमित कार्यसम्पादनका क्रियाकलापलाई आमनागरिक तथा सबै सरोकारवालबीच सूचनाको सहज पहुँच स्थापित गर्न प्रवक्ता वा सहायक प्रवक्ताबाट हप्ताको दुई पटक ९प्रत्येक सोमबार र बिहीबार० अपराह्न ४ बजे पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । 
    
आगामी दिनमा निर्वाचनका सबै क्रियाकलापलाई समेट्ने गरी आयोगले दैनिक ‘ई बुलेटिन’ समेत प्रकाशन गर्नेछ । सो अवसरमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग र आम सञ्चारमाध्यमबीचका समन्वय र सहकार्यका आधारमा आगामी निर्वाचन गतिविधि जनतासामू पु¥याउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम सुरुआत गरिएको बताउनुभयो ।
     
यसैबीच विगतका वर्षमा जस्तै यही फागुन ७ गते विभिन्न कार्यक्रमको आयोजना गरी सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन दिवस मनाउने कार्यक्रम तय गरिएको जानकारी दिइयो ।