१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति सञ्चालनका लागि आचारसंहीता बनाएर अघि बढ्नुपर्छ – सांसद थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहीता बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहीता बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभएको हो । उहाँले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताउनु भयो । उहाँले समितिको विष्यावस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहीतामा राख्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्युले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो । सामान्यतया २४ घण्टाको समय पनि नराखिकन । सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरु यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय यो भन्दा अघि हामीले बैठकमा नै सहभागी हुँदैनौँ भन्नुपरेको थियो ।

आकस्मिक समय बाहेक अरु अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रश्ताव गरोस् । विधेयक बाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ । समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौँ, जे बोल्न पनि पाउँछौँ, भन्नेगरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रश्तुत हुने भनेर आचारसंहीता बनाउनुपर्छ ।’

सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिनुभयो ।