२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र: पर्यटनमन्त्री



file photo
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद् र सदन अरुले नै चलाउने आफूले अनुभूति गरेको बताउनुभएको छ ।

मंगलबार संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले भन्नुभयो, “संसद् र सरकार अरूले नै चलाउने रहेछ, हामी त डमी मात्र रहेछौँ ।”

आफूले मन्त्रीको रुपमा त्यस्तो अनुभूति गरेको भन्दै उहाँले मन्त्री अरुले नै चलाउने र आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गर्नुभयो ।

पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदहरुलाई आग्रह गर्दै मन्त्री किरातीले संसद्मा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्‍बाट पास गराएर संसद्मा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।