• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

राष्ट्रपति अस्वस्थ रहेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्नेबारे छलफल



फाईल फोटो

काठमाडौँ । अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति र कार्यक्रम वाचन पूरै वाचन गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले नै वाचन गर्ने तयारी भएको छ ।

यही जेठ ५ गते सरकारले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मङ्गलबार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुने जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने प्रचलन छ। तर, यस पटक राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले प्रधानमन्त्रीले पढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

भारतबाट उपचार गराई स्वदेश फर्किनुभएका राष्ट्रपतिको स्वास्थ्यमा पूर्णरुपमा सुधार आइसकेको छैन । यस्तो अवस्थामा राष्ट्रपति पौडेलले अलिकति सुरु गरेर प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नेबारे छलफल भइरहेको हो ।