• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

बेपत्ता आयोग र सम्पत्ति शुद्धीकरण विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने कानूनमन्त्री गुरुङको भनाइ



काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पती शुद्धीकरण ९मनि लाउण्डरिङ्ग० निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

“हामीले धेरै लामो यात्रा गरिसकेका छौँ। एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले शान्तिप्रक्रियालाई अगाडि बढाउँदै सेना समायोजन गरिसकेको, संविधान समेत लेखिसकेको। अब रह्यो हात्ति छिर्‍यो, पुच्छर अड्क्यो भन्ने सुन्ने गर्थ्यौ, त्यस्तै भएको छ”, उहाँले भन्नुभयो, “यसलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनु हुनेनै छ भन्ने मेरो विश्वास छ । मनि लाउन्ड्रिङको विधेयकमा पनि संशोधन आएको छ । हामीले समयमै टुंगो लगाउन सकेनौँ भने दुनियाँकै अगाडि लज्जित हुनुपर्ने अवस्था छ।”

समितिले दिने निर्देशनलाई नेपाल सरकारले अंगिकार गर्ने उहाँको भनाइ थियो ।