५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ– कांग्रेस प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा महतले खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले उहाँलाई निलम्बन नगरेको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता खाण उक्त प्रकरणमा मुछिएर पक्राउ परेपछि पार्टीभित्र उहाँलाई निलम्बन गर्नुपर्ने माग भइरहेको बेला पार्टीले उहाँलाई निलम्बन नगर्नुपर्ने कारणबारे धारणा सार्वजनिक गरेको हो ।

“निर्दोष रहेको उहाँले भनिरहकाले उहाँलाई निलम्बन नगरिएको हो”, प्रवक्ता महतले भन्नुभयो, “यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्छ, कांग्रेसले पनि अनुसन्धानमा सहयोग गर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।