२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ– कांग्रेस प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा महतले खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले उहाँलाई निलम्बन नगरेको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता खाण उक्त प्रकरणमा मुछिएर पक्राउ परेपछि पार्टीभित्र उहाँलाई निलम्बन गर्नुपर्ने माग भइरहेको बेला पार्टीले उहाँलाई निलम्बन नगर्नुपर्ने कारणबारे धारणा सार्वजनिक गरेको हो ।

“निर्दोष रहेको उहाँले भनिरहकाले उहाँलाई निलम्बन नगरिएको हो”, प्रवक्ता महतले भन्नुभयो, “यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्छ, कांग्रेसले पनि अनुसन्धानमा सहयोग गर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।