३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: प्लेअफमा स्थान पक्का गर्न मुम्बई र लखनउ भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) को ६३ औं खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स भिड्दैछन्। लखनउको भारत रत्न श्री अटल बिहारी बाजपेयी एकना क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यससिजनमा १२ बाह्र खेलमध्ये ६मा जित र ५ मा हार बेहोरेको लखनउ १३ अंको साथ अंक तालिकाको चौथो स्थानमा छ। आफ्नो अन्तिम खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो ।

यता, मुम्बई इन्डियन्स १२ खेलमध्ये ७ मा जित र ५ मा हारसहित १४ अंको साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आफ्नो अन्तिम खेलमा मुम्बईले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको थियो । उक्त खेलमा सूर्यकुमार यादवको असाधारण प्रदर्शनले आईपीएलमा आफ्नो पहिलो शतक प्रहार गरे । सूर्यकुमार ४९ बलमा १०३ रन बनाएर अविजित रहेका थिए।

दुबै टोलि आजको खेल जितेर प्लेअफको लागि आफ्नो स्थान पक्का गर्न चाहन्छन् । गुजरात टाइटन्स सोमबारको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ ११

मार्कस स्टोइनिस, वाईएस ठाकुर, काइल मेयर्स, केएच पाण्ड्या (कप्तान), पीएन मांकड, निकोलस पूरन, क्यू डी कक (विकेटकिपर), आवेश खान, रवि बिश्नोई, ए मिश्र, युधवीर सिंह ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ ११

रोहित शर्मा (कप्तान), एसए यादव, टिम डेभिड, विष्णु विनोद, सी ग्रीन, पियुष चावला, एन वाधेरा, इशान किशन (विकेटकीपर), जेपी बेहरेनडोर्फ, के कार्तिकेय, सीजे जोर्डन ।