१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा चक्कु प्रहार गर्ने चार पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सिन्धुली । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरुका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामत गरिएको छ ।

अर्का आरोपित तिनपाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।

उनीहरुले वैशाख ३१ थाक्लेडाँडाको जङ्गलमा ढुङ्ग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । लोकबहादुरसँग चकमके जाने क्रममा ढुङ्गा जस्तो देखिने चम्किलो वस्तुको विषयमा बिबाद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उहाँले जानकारी दिनुभयो ।उनको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको रु ३० हजार र एक थान मोबाइलसमेत लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडौँ लगिएको छ । रासस