१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने



अ+ अ-

काठमाडौँ । सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिनुभएको हो ।

सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा उहाँहरुबीच संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

सभामुख घिमिरेले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको सराहना गर्नुभएको थियो । मंगलबारदेखि संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको उहाँले बताउनुभएको थियो । सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको जानकारी दिनुभएको थियो ।

भेटमा उहाँले संसद् सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिनुभएको थियो ।

सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै सभामुख घिमिरेले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।