• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान

नेतृ आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति महिला सङ्घको आपत्ति



काठमाडौँ । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।

महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस कार्यको भत्र्सना गरेको छ । नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरुमा आफ्ना भनाइ राखिरहनुभएको अवस्थामा उहाँको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उहाँप्रतिको अन्याय हो भनिएको छ ।

उहाँका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको भन्दै सो विज्ञप्तिमा भनिएको छ, “यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरुमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरु तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।”

सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । रासस