२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख हुँदा मलाई एमालेबाट बारम्बार सांघातिक हमला भयो – उपाध्यक्ष सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौति दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाउनु भयो । उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भइ अर्को पार्टी खोल्नुभएका माधव नेपालसहितका नेताहरुलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेद्वारा विभिन्न स्थानमा सांघातिक हमला गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ । मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरो बिरुद्ध आक्रमण गरे । सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे ।’

उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दलहरु एकतावद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताउनु भयो ।