६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा महिला भलिबलको तयारी पूरा



अ+ अ-

काठमाडौँ । जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले आज पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको र सहभागि देशले नेपाल भ्रमण गर्ने तालिका पठाइसकेको संघको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

आयोजक नेपालले उद्घाटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपको लागि १४ सदस्यीय नेपाल टोली घोषणा भइसकेको छ । घरेलु भूमिका आयोजना हुने लागेको प्रतियोगिताका लागि नेपाली महिला टोलीको तयारी अन्तिम चरणमा पुगेको नेपाली टोलीका प्रशिक्षका जगदीशप्रसाद भट्टले जानकारी दिए ।

एक सातासम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । प्रतियोगिता आयोजनलाई विभन्न संस्थाले सहयोग रकम पनि प्रदान गरिरहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एशियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।