१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

केन्द्रिय समितिको बैठकमा राजेन्द्र लिङदेन: प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौँ

केन्द्रिय समितिको बैठकमा राजेन्द्र लिङदेन: प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौँ
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ ।

सोमवारबाट काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताउनुभएको हो ।

उहाँले मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गर्नुभयो । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्राय: सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्राय: सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन ।

आफू भन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भत्र्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा पनि लिनुपर्नेछ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको छ । नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक स्थलमा परिणत भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्शानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ ।’

अध्यक्ष लिङदेनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गर्नुभयो । उहाँले अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको उल्लेख गर्नुभयो । उहाँले देशमा वाह्य चलखेल तिब्र रुपमा बढेको, भ्रष्टाचारको चंगुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको बताउनु भयो । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फस्दैछ । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त छ । कहिले पराधिन नभएको देशमा वाह्य शक्तिको चलखेल र प्रभाव तिब्र रुपले बढेर गएको छ । भ्रष्टाचारको चंगुलमा देश फसेको छ । लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी छ । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने राप्रपाको ठहर देशमा विकसित घटनाक्रमले स्वत: प्रमाणित गरिदिएको छ । यस पटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्त्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोलचक्करमा परेपछि हामीले तत्त्काल सहकार्य छोडेका थियौँ ।’

अध्यक्ष लिङदेनले यस पटक देश भित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको बताउनु भयो ।