१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरलाई तीन दिन थुनामा राख्‍न अनुमति



file photo
अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौँले रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरूलाई सहयोग गरेको अनुसन्धानमा पाइएपछि आइतबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो।

सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।