• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?



फाईल फोटो

काठमाडौँ । नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ ।

मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।

भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।

कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई गराइनुपर्छ । त्यसपछि अरू निलम्बनको प्रकिया अघि बढ्ने गर्छ । संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ । यस्तै, अधिवेशन नरहेको अवस्थामा भने सूचना टाँसेर जानकारी गराउने प्रावधान छ ।

सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई भने गराइएको छैन ।