११ पुष २०८१, बिहीबार
,
Latest
मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना भैँसीपालनमा रमाउँदै घोरासैनी भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोधमा उत्रन भीम रावलको आव्हान नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि गैँडाको खागसहित एक जना पक्राउ भारत-अष्ट्रेलिया चौथो टेस्टः अस्ट्रेलियाका शीर्ष ४ ब्याटरको अर्धशतक पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ ।

मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।

भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।

कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई गराइनुपर्छ । त्यसपछि अरू निलम्बनको प्रकिया अघि बढ्ने गर्छ । संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ । यस्तै, अधिवेशन नरहेको अवस्थामा भने सूचना टाँसेर जानकारी गराउने प्रावधान छ ।

सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई भने गराइएको छैन ।