काठमाडौं । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा सहभागि हुने तीन नयाँ टोलीको आइतबार सार्वजनिक गरिएको छ ।
आयोजक एनएसएलले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएल प्रतियोगिताका लागि तीन टोलीत्रय झापा फुटबल क्लब, विरगंज युनाईटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबको नाम सार्वजनिक गरेको हो । यस अघिको पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको सहभागि संख्या १० पुगेको हो ।
सर्वाजनिक गरिएको टोली मध्येको झापा एफसीको मालिकको रुपमा विक्रम थापा रहेका छन् । यस्तै इलाम डी मेचीका मालिकमा सुहाङ नेम्वाङ र पियुस न्यौपाने रहेका छन् भने विरगंज युनाईटेडका मालिक अर्बिन्द्र अमात्य, अनिल गुप्ता र अर्बिन्द बराल रहेका छन् । सहभागि टोलीका मालिकले नेपाली फुटबल विकासका लागि फ्रेन्चाइज प्रतियोगितामा समावेश हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
१५ भन्दा बढी टोलीले फ्रेन्चाईजका लागि दावेदारी गरेपनि आयोजकले ५ टोलीलाईमात्र विडिङमा समावेश गरेको थियो । जसमा तीन टोलीले एनएसलमा मौका पाएका हुन् । दाएनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुँदै छ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुँदैछन् । खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । यस अघि पहिलो संस्करणको एनएसएल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना भएको थियो ।