१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसलमा तीन नयाँ टोली सार्वजनिक



अ+ अ-

काठमाडौं । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा सहभागि हुने तीन नयाँ टोलीको आइतबार सार्वजनिक गरिएको छ । 

आयोजक एनएसएलले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएल प्रतियोगिताका लागि तीन टोलीत्रय झापा फुटबल क्लब, विरगंज युनाईटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबको नाम सार्वजनिक गरेको हो । यस अघिको पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको सहभागि संख्या १० पुगेको हो ।

सर्वाजनिक गरिएको टोली मध्येको झापा एफसीको मालिकको रुपमा विक्रम थापा रहेका छन् । यस्तै इलाम डी मेचीका मालिकमा सुहाङ नेम्वाङ र पियुस न्यौपाने रहेका छन् भने विरगंज युनाईटेडका मालिक अर्बिन्द्र अमात्य, अनिल गुप्ता र अर्बिन्द बराल रहेका छन् । सहभागि टोलीका मालिकले नेपाली फुटबल विकासका लागि फ्रेन्चाइज प्रतियोगितामा समावेश हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

१५ भन्दा बढी टोलीले फ्रेन्चाईजका लागि दावेदारी गरेपनि आयोजकले ५ टोलीलाईमात्र विडिङमा समावेश गरेको थियो । जसमा तीन टोलीले एनएसलमा मौका पाएका हुन् । दाएनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुँदै छ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुँदैछन् । खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । यस अघि पहिलो संस्करणको एनएसएल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना भएको थियो ।